सन नेपाल लाइफले गर्यो मृत्यु दाबी भुक्तानी

मंगलबार, १२ असार २०८०, १७ : ३९

काठमाडौँ - सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मंगलबार कैलालीको धनगढीमा एक कार्यक्रमबीच मृत्यु दाबी भुक्तानीको रकम हस्तान्तरण गरेको छ। 

बीमित शिवप्रसाद खत्रीको गत वैशाख १८ गते मलेसियामा मृत्यु भएको छ। उनले सन नेपाल लाइफमा वैदेशिक रोजगारी म्यादी बीमा गरेका थिए।

बीमित खत्रीले इच्छाएको व्यक्ति श्रीमती इन्द्रादेवी खत्रीलाई किरिया खर्च, बीमांक रकम, आय नोक्सानी, शव ढुवानी खर्च गरी कुल १४ लाख रुपैयाँको चेक कम्पनीका सुदूरपश्चिम प्रदेश प्रमुख लक्ष्मीकान्त जैशीले हस्तान्तरण गरेका छन्। 

कार्यक्रममा जैशीले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पारेका थिए। 

मंगलबार, १२ असार २०८०, १७ : ३९

प्रतिक्रिया