फेरि राजनीतिमा जम्लान नवाज सरिफ ?

बुधबार, १३ असार २०८०, १० : १९

 काठमाडौं – भ्रष्टाचारको आरोपमा सत्ताच्युत भएका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ पुन ः राजनीतिमा फर्किने बाटो खुलेको छ । पाकिस्तानको राष्ट्रिय सभा (नेसनल एसेम्ब्ली)ले  सांसदहरूलाई कुन अवस्था र कहिलेसम्म पदमा रहन अयोग्य ठहर्‍याउन सकिन्छ भन्ने विषयमा पारित कानुनले सरिफको राजनीतिक पुनरागमनको बाटो खोलेको हो ।

 सरिफ तीनपटक पाकिस्तानको प्रधानमन्त्री बनिसकेका थिए । उनलाई सर्वोच्च अदालतले सात वर्षको जेल सजाय सुनाउँदै आजीवन राजनीतिमा प्रतिबन्ध लगाएको थियो । सन् २०१९ मा सरिफ स्वास्थ्य उपचारका लागि जमानत लिएर बेलायत गएका थिए । तर, उपचारपछि उनी स्वदेश फर्किएनन् ।त्यतिवेलादेखि सरिफ बेलायतमै रहेर पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) पार्टीलाई पर्दा पछाडिबाट नेतृत्व गरिरहेको विश्वास गरिन्छ । पिएमएल–एनको औपचारिक नेतृत्व गरिरहेका नवाजका भाइ सहबाज सरिफ हाल पाकिस्तानका प्रधानमन्त्री छन् ।

त्यहाँको नयाँ कानुनले अदालतले सांसदलाई पाँच वर्षभन्दा नबढाई अयोग्य ठहर्‍याउन सक्ने व्यवस्था गरेको मंगलबार सरकारका एक प्रवक्ताले जानकारी दिए ।

भ्रष्टाचारको आरोपमा सत्ताच्युत भएको लामो समयपछि सरिफको. राजनीतिक यात्रा कस्तो होला ? के उनी फेरि पाकिस्तानी राजनीतिमा जम्लान ? अहिले उनको बारेमा आम मानिसहरु जिज्ञासु बनिरहेका छन् ।

बुधबार, १३ असार २०८०, १० : १९

प्रतिक्रिया