क्रान्तिकारी कम्युनिस्ट पार्टीले मिटरव्याजीलाई जनकारबाही गर्ने

विहीबार, १४ असार २०८०, १२ : ३७

काठमाडौं – तत्कालीन माओवादीका पोलितव्यूरो सदस्य तथा हाल क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता समेत रहेका धर्मेन्द्र बास्तोलाले देशमा वित्तीय शोषण चरम अवस्थामा पुगेको बताएका छन् ।

बिहीबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै उनले  लघुुवित्त संस्थाहरु बन्द गर्ने अभियानलाई निरन्तरता दिने र मिटरव्याजीलाई जनकारबाही गर्ने चेतावनीसमेत दिए ।

नेता वास्तोलाले देशमा ठूलो संकट आएको र यसको कारक दलाल पुँजीवादी सत्ता भएको बताए । संसदीय व्यवस्थाले देशलाई भ्रष्टाचारमा डुबाएको उनको आरोप छ ।

दलाल पुँजीवादी संसदीय व्यवस्थाको नीति नै शोषण गर्ने भएको र यो व्यवस्थालाई बदल्नका लागिक्रान्तिकारी कम्युनिस्ट पार्टीहरूबीच एकता भइरहेको प्रवक्ता बास्तोलाको भनाइ थियो ।

‘संसदीय व्यवस्थामा राज्य संचालकहरु अपराधीकरणमा सामेल हुन्छन्, मिलेमत्तोमा ठुलठुला भ्रष्ट्राचार गर्छन्,’ उनले भने, ‘त्यस्कै एउटा उदहारण हो, भुटानी शरनार्थी प्रकरण । यस्ता उदाहरण धेरै छन् ।’

ललिता निवास प्रकरणमा एमालेका केही ठूला नेताहरु जोडिएका छन् । ती नेताहरुलाई पक्राउ नगर्ने निश्चित नभएसम्म एमालेले संसद अवरोध गरिरहन्छ,’ उनले भने ।

फरक प्रसंगमा प्रवक्ता बास्तोलाले आउँदो ८३ सालभित्र कर्णाली प्रदेशलाई शिक्षा र स्वास्थ्यमा निजीकरणमुक्त प्रदेश घोषणा गर्न प्रदेश सरकारसँग माग गर्ने बताए ।

‘सरकारी कर्मचारी, जनप्रतिनिधि र राजनीतिकर्मीहरुको लगानी भएका निजी विद्यालयहरू बन्द गर्न चरणबद्ध आन्दोलनका कार्यक्रमहरू गर्छौं,’ उनले भने ।

विहीबार, १४ असार २०८०, १२ : ३७

प्रतिक्रिया