किन समस्या आइरहन्छ श्री एअरलाइन्समा ?

आइतबार, १७ असार २०८०, ०९ : २७

काठमाडौं –  निजी विमान सेवा कम्पनि श्री एअरलाइन्सको आजका सबै उडान रोकिएको छ । विमानको प्राविधिक परीक्षणका लागि उडान स्थगित गरिएको जनाइएको छ ।

एक सूचना जारी गर्दै एयरलाइन्सले आजका सम्पूर्ण उडानहरु रोकिएको जनाएको छ । हिजो काठमाडौंबाट धनगढीका लागि उडेको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौंमा आकस्मिक अवतरण गराइएको थियो ।

७८ यात्रु र ४ जना चालक दलका सदस्यसहित उडेको विमान ल्याण्डिङ गियर फेल भएपछि काठमाडौं फर्किएको थियो । हिजो सोही एअरलाइन्सको  पोखरा उडेको विमानमा पनि प्राविधिक समस्या भएको जनाइएको छ ।

एयरलाइन्समा पहिले पनि पटक पटक समस्या देखिएको थियो । गत जेठ २३ गते धनगढी गएको र फागुनमा भैरहवातर्फ गएको विमानमा पनि गम्भीर समस्या देखिएको थियो ।

 

आइतबार, १७ असार २०८०, ०९ : २७

प्रतिक्रिया