काठमाडौैँ - कारोबारको पहिलो दिन आइतबार शेयर बजार उच्च अंकले घटेको छ । आज शेयर बजार ५३.७० को अंकले घटेर २०९७ को विन्दुमा कायम भएको छ ।
शेयर बजारमा उच्च अंकले गिरावट आएतापनि दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज बिपिडब्लु लघुवित्त र सिटी होटलको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
त्यस्तै, आज एनसीसी डिभेन्चर, लक्षी इक्युटी फण्ड, लक्ष्मी उन्नती कोष लगायत अन्य कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको छ ।

प्रतिक्रिया