आज सर्वाधिक कारोबार गर्ने र गुमाउने कम्पनीहरु

विहीबार, २१ असार २०८०, १५ : २५

काठमाडौँ - कारोबारको  अन्तिम दिन बिहिवार सिटी होटलसहित तीन हाइड्रोपावर कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।

बिहिवार सर्वाधिक धेरै कमाउने कम्पनीको सूचिमा सिटी होटल, रावा इनर्जी डेभलपमेन्ट, अपर तामाकोशी हाइड्रोपावर र जोशी हाईड्रोपावर कम्पनीहरु रहेका छन् । उल्लेखित चार वटा कम्पनीहरुको शेयर मूल्य करिब १० प्रतिशत बृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, अन्य सर्वाधिक बृद्धि हुने कम्पनीहरुमा पिपुल्स पावर, साम्लिङ पावर, नारायणी डेभलपमेन्ट बैंक लगायतका कम्पनीहरु रहेका छन् ।

त्यस्तै बिहिवार सर्वाधिक गुमाउने कम्पनीहरुमा मोदी इनर्जीको शेय मूल्यमा नकारात्मक सर्किट नै लागेको छ । त्यस्तै, अरुण भ्याली हाइड्रोपावर, सिनर्जी पावर लागयतका कम्पनीहरुको शेयर मूल्य उच्च अंकले घटेको छ ।

बिहिवार १०५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५२ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

विहीबार, २१ असार २०८०, १५ : २५

प्रतिक्रिया