विप्लव समूहको गतिविधि बढ्यो, जनप्रतिनिधि र सुरक्षाकर्मीलाई लखेट्ने उद्घोष

मंगलबार, ०५ चैत्र २०७५, ०७ : २८

काभ्रे– आपराधिक क्रियाकलापपछि सरकारले प्रतिबन्ध लगाएसँगै अन्य दलका नेता, जनप्रतिनिधि र सुरक्षार्कीलाई गाउँमा प्रतिबन्ध लगाउँदै ‘लाठी लिएर लघार्ने’ उद्घोष विप्लव समूहले गरेको छ । 
विप्लव समूहका सबै नेता कार्यकर्ता भूमिगत भएका छन् । ‘हामीलाई सरकारले राजनीतिक प्रतिवन्ध लगाउने निर्णय गरेकाले हामीले पनि दलका नेताहरुलाई प्रतिबन्ध लगाउँछौं’ विप्लव समूहका नेता रेशम नेपालीले भने। 
फोन सम्पर्कमा आएका नेता नेपालीले सरकारले आफ्ना पार्टीका गतिविधिलाई प्रतिबन्ध लगाएकाले अन्य दलका गतिविधिलाई पनि आफूहरुले प्रतिबन्ध लगाउने बताए । 
‘हामी छलफकै क्रममा रहेका छौं, जिल्लाको सांगठनीय अभियान सुदृढ बनाउँदै विकास निर्माणमा समेत सघाउछौं’, नेपालीले भने, ‘जनताको भावनाविपरित काम गर्नेलाई कारबाही गर्छौ ।’ तर नेपालीले कस्तो कारबाही भन्ने चाहीँ खुलाएनन् । 
आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
 

मंगलबार, ०५ चैत्र २०७५, ०७ : २८

प्रतिक्रिया