काठमाडौं – कोशी प्रदेश सरकार असंवैधानिक रुपमा गठन भएको ठहर गरेको एमाले सर्वोच्च अदालत पुगेको छ । एमालेलले उक्त सरकार असंवैधानिक भएको जिकीर गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।
एमालेले संविधानको धारा १६८ ९२० बाट निर्मित सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी धारा १६८ ९३० अनुसार नयाँ सरकारको बाटो खोल्न परमादेशको माग गरेको छ ।
नयाँ प्रदेश सरकारलाई एमालेले अवैधानिक भनेपनि मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
सभामुखको समेत हस्ताक्षर जोडेर बहुमत देखाएपछि एमालेले सर्वोच्चमा रिट दायर गरेको हो ।
प्रतिक्रिया