जेडीएस कार्यान्वयनको लागि जापान सरकारले सहयोग गर्ने

बुधबार, २७ असार २०८०, १३ : ४६

काठमाडौं- (जेडीएस)  परियोजना कार्यान्वयनको लागि जापान सरकारले ४२ करोड ४० लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।  


हिजो अर्थ मन्त्रालयमा अर्थ सचिव अर्जुनप्रसाद पोखरेल र नेपालका लागि जापानका राजदूत एच.ई.  किकुता युताकाले आ–आफ्नो सरकारको तर्फबाट सहमति–पत्रमा हस्ताक्षर आदान–प्रदान गरेका हुन्  ।


अनुदान सम्झौतामा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपाल र जाइका नेपालका वरिष्ठ प्रतिनिधि लिजुका केनिचिरोले पनि हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर समारोहमा अर्थसचिव पोखरेलले यो छात्रवृत्ति नेपाली निजामती सेवामा दक्ष जनशक्तिको विकास गर्न महत्वपूर्ण हुने बताएका छन् ।

राजदूत युटाकाले छात्रवृत्तिले नेपालको सामाजिक–आर्थिक विकासमा योगदान पु¥याउने विश्वास व्यक्त गर्दै परियोजनाले परिकल्पना गरेका उद्देश्यहरू हासिल भई नेपाल र जापानका जनताबीचको द्विपक्षीय सम्बन्ध र सहयोगलाई थप सुमधुर बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

जापान सरकारबाट प्राप्त अनुदान विश्वविद्यालयको शिक्षण शुल्क, बस्ने भत्ता, बसोबास भत्ता, बीमा र अन्य आधारभूत भत्ताहरू साथै शैक्षिक सामग्रीको आपूर्तिलगायत छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्न प्रयोग गरिने पनि जानकारी गराइएको छ ।

यो छात्रवृत्तिले जापानमा अध्ययन पूरा गरेपछि नेपालको सामाजिक, आर्थिक विकासमा योगदान पु¥याउन प्रतिवद्ध नेपाली निजामती सेवामा शैक्षिक रूपमा सक्षम, उच्च उत्प्रेरित र युवा अधिकारीहरूलाई दुई वर्षको स्नातकोत्तर र तीन वर्षको पीएचडी पाठ्यक्रमहरू पूरा गर्ने अवसर प्रदान गर्दछ ।

बुधबार, २७ असार २०८०, १३ : ४६

प्रतिक्रिया