बाराही हाइड्रोपावरले पायो  हकप्रद सेयर निष्कासन गर्न सहमति

आइतबार, ३१ असार २०८०, ११ : १०

काठमाडौँ-  बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न सहमति पाएको छ। 

विद्युत नियमन आयोगले बाराही हाइड्रोपवारलाई हकप्रद निष्कासनका लागि हकप्रद सेयर निष्कासनका लागि सहमति प्रदान गरेको छ। आयोगले बाराही हाइड्रोपावरलाई चुक्तापुँजीको १ः१ अर्थात १०० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि सहमति दिएको छ। 

कम्पनीले ५१ प्रतिशत सेयर रहेको सिकोस खोला जलविद्युत आयोजना ३.४५ मेगावाट र कम्पनीको स्वामित्वमा रहने तल्लो ठेउले खोला जलविद्युत ९क्यास्केड० आयोजना ०।७५ मेगावाट निर्माणका लागि हकप्रद निष्कासन गर्न लागेको हो। यसका लागि साधारणसभामा हकप्रदको अजेन्डा पेस गर्न कम्पनीले आयोगमा अनुमति मागेको थियो। 

आयोगले असार २६ गते पत्र पठाउँदै साधारणसभामा हकप्रदको अजेन्डा पेस गर्न कम्पनीलाई सहमति प्रदान गरेको हो। 

 

आइतबार, ३१ असार २०८०, ११ : १०

प्रतिक्रिया