विमानस्थलबाट सुनजस्तो देखिने साढे ४ किलो पहेंलो धातु बरामद

शनिबार, ०६ साउन २०८०, १० : ११

काठमाडौं-  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयले सुनजस्तो देखिने झण्डै साढे ४ किलो पहेंलो धातु बरामद गरेको छ।

गएराति बैंककहुदै काठमाडौं आएका थाइ नागरिकको साथबाट उक्त परिमाणको सुनजस्तो देखिने साढे चार किलोभन्दा बढी पहेंलो धातु भन्सार कार्यालयले बरामद गरेको हो।

भन्सार कार्यालयका अधिकारीका अनुसार थाई नागरिकले बोकेको हाते झोलाबाट १० थान बिस्कुट आकारको पहेंलो धातु फेला पारिएको हो।उक्त धातु सुन हो वा होइन परीक्षणका लागि भन्सार कार्यालयले त्रिपुरेश्वरस्थित भन्सार विभागमा पठाएको छ।’

यता थाई नागरिक सावनले भने उक्त पहेंलो धातु सुन नभएको र आफूले धार्मिक प्रयोजनका लागि ल्याएको दाबी गरेका छन्। यद्यपी भन्सार कार्यालयका अधिकारीहरुले उक्त पहेंलो धातु सुन नै हुन सक्ने बताएका छन्। 

शनिबार, ०६ साउन २०८०, १० : ११

प्रतिक्रिया