काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भएको १०० किलो बढीको सुन बरामद प्रकरणले भ त्यहाँको सुरक्षा सम्वेदनशीलतामा ठूलो प्रश्न उठाएको छ । कडा सुरक्षा भएको विमानस्थल भन्सार नै तस्करीको केन्द्र बनेपछि सरकारको आलोचना पनि भएको छ । यसै क्रममा भन्सारका थप एक जना कर्मचारी निलम्बित भएका छन् ।
विभागको शुक्रबार बेलुकाको निर्णयबाट एक्सरेमा संलग्न अपरेट सरोज श्रेष्ठ निलम्बनमा परेका हुन् ।
सुन तस्करीमा कर्मचारी मात्र दोषी हुन कि राजनीतिक कनेकसन पनि छ भन्ने प्रश्न पनि उठिरहेको छ ।
यस प्रकरणमा निलम्बनमा पर्ने श्रेष्ठ तेस्रो कर्मचारी हुन् । यसअघि भन्सार अधिकृत सन्तोष चन्दसहित दुई जना निलम्बनमा परिसकेका छन् ।
मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर अपराह्न २ बजे कटेको सूचना पाएपछि राजश्व अनुसन्धान विभागले गरेको कारबाहीको क्रममा बरामद भएको थियो ।
बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो । यो प्रकरणमा एक भारतीय नागरिकसहित केही व्यक्ति जना पक्राउ परेका छन् ।
प्रतिक्रिया