समाजावादी मोर्चाबारे पम्फा भुसाल के भन्छिन ?

शनिबार, ०६ साउन २०८०, २० : ३९

काठमाडौैं – माओवादी सनिम्मलित समाजवादी मोर्चा गठनलाइ नेताहरुले भविष्यमा बलियो कम्युनिष्ट पार्टी बन्ने उद्घोष गरेका छन् ।  शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले मुलुकमा बलियो कम्युनिष्ट पार्टीको आवश्यकता रहेको बताएकी छन् ।

उक्र कार्यक्रममा बोल्दै उनले भनिन्‘ ,अहिले एउटा बलियो कम्युनिष्ट पार्टी चाहिएको छ । तर बिडम्वना हाम्रो कम्युनिष्ट आन्दोलन फुट, विभाजन र छरिएको स्थितिमा छ । त्यसलाई एकीकृत, केन्द्रिकृत गर्ने प्रयास भएका थिए, एउटै नेकपा पनि बनायौँ हामीले जनताको जनमत पनि इतिहास कायम गर्नेगरी प्राप्त गरेका थियौँ । तर एकता कामय भइरहन सकेनौँ’ 

तर बलियो कम्युनिष्ट पार्टी बनाउने कुराबाट पछि हट्न नहुने भन्दै उनले समाजवादी मोर्चा त्यसकै प्रयास भएको धारणा राखिन् ।

 उपाध्यक्ष भुसालको  भनाई थियो, ‘हामीले समाजावादी मोर्चा बनाएका छौं । मोर्चाको सहकार्यबाट क्रमशः एकतामा पु¥याउने हो । अहिले समाजवादी मोर्चामा नआएका भिन्न कम्युनिष्ट पार्टीका छातामा रहेकाहरुलाई पनि एउटैमा ल्याउने हाम्रो प्रयास हो’ 
 

शनिबार, ०६ साउन २०८०, २० : ३९

प्रतिक्रिया