सुन काण्डमा थप ६ जना पक्राउ

आइतबार, ०७ साउन २०८०, १९ : ४९

काठमाडौँ –  सरकाले सुन काण्डको अपरेशनलाई तीब्ताका साथ अगाडि बढाएको छ । यसै क्रममा आज थप ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३ जना भन्सार एजेन्ट र ३ जना त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरु रहेका छन् ।

उक्त प्रकरणमा पक्राउ पर्नेहरूमा भन्सार कर्मचारीहरू भन्सार अधिकृत सन्तोष चन्द, खरिदार जाँचकी  कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ तथा भन्सार एजेन्टहरू सुदर्शन गौतम, यादव पराजुली र रुकमिना सुब्बा छन् ।

राजश्व अनुसन्धान विभाग स्रोतका अनुसार उनीहरुलाई सो प्रकरणमा संलग्नता देखिएको आधारमा नियन्त्रणमा लिइएको हो ।  

असार ३० गते ‘रेडी ट्रेड्स’ले हङकङबाट ल्याएको सुन साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय कार्यालयबाट भन्सार जाँचपास भएको थियो । लगत्तै, राजश्व अनुसन्धान विभागले सिनामंगलबाट ट्याक्सी चालकसहित सुनसहितको ‘ब्रेक प्याड’ बरामद गरेको थियो ।

आइतबार, ०७ साउन २०८०, १९ : ४९

प्रतिक्रिया