भ्रष्टाचार मुद्धा लागेपछि सिडओ नै निलम्बित

सोमबार, ०८ साउन २०८०, १२ : ३३

 काठमाडौं – भ्रष्टाचार अभियोग लागेपछि खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा निलम्बित भएका छन् ।  खतिबडा निलम्बनमा परेपछि सहायक प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश शाह निमित्त सिडिओ भएका छन् ।ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हुँदा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका हुन् ।  

खतिवडालगायतले पाँच वर्षअघि सिद्धिचरण नगरपालिकाको वडा नम्बर १० मा भएको विद्युतीकरणमा भ्रष्टाचार गरेको उजुरी परेपछि अख्तियारले आवश्यक छानबिन पश्चात् हिजो विशेष अदालतमा मुद्दा दायर गरेको हो । इञ्जिनियर, वडाध्यक्षलगायत झण्डै एक दर्जनले फर्जी बिल बनाएर ४ लाख ७७ हजार ८ सय ९९ रुपैयाँ भ्रष्टाचार गरेको आयोगको ठहर छ ।

भ्रष्टाचारको मुद्दा दायर भएपछि हिजो साँझदेखि खतिवडा निलम्बनमा परेका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश शाह निमित्त सिडिओ भएका छन् ।

 

सोमबार, ०८ साउन २०८०, १२ : ३३

प्रतिक्रिया