काठमाडौं- यस साता नेप्से परिसूचक करित २ प्रतिशतले घटेको छ।
गत साता २१६३.९२ विन्दुमा बन्द भएको नेप्से, यस साता १.७३ प्रतिशत अर्थात ३७.४४ अंक घटेर २१२६.४८ विन्दुमा झरेको छ।
यस साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको थियो भने एक कारोबार दिन बढेर बन्द भएको थियो। यस साताको पहिलो कारोबार दिन नेप्से बढेर बन्द भएको थियो।
आइतबार केन्द्रिय बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिका कारण यस साताको बजार प्रभावित भएको हो। यस साता सेन्सेटिभ इण्डेक्स ६.६८ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.७२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८६ अंक घटेको छ।
यस साता नेप्से घटेपनि भोल्यूम भने बढेको तथ्याकं छ। गत साता दैनिक औषतमा २ बर्अ ९८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता ३ अर्ब ३८ करोडको शेयर कारोबार भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १३.४० प्रतिशत बढेको छ। त्यसैगरी, यस साता दैनिक औषत शेयर संख्या ३३.९४ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या १५.०६ प्रतिशत बढेको छ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब २ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३१ खर्ब ७९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ५५ अर्ब रुपैयाँ घटेर ३१ खर्ब २४ अर्ब रुपैयाँमा झरेको छ। १३ उपसमूहमध्ये यस साता अन्य उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस साता अन्य उपसमूहको परिसूचक १.१० प्रतिशत बढेको छ।
कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस साता सर्वाधिक ४.१९ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन १९५६.४१ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता ८२ अंक घटेर १८७४.४१ विन्दुमा झरेको छ। त्यस्तै, यस साता अंकका आधारमा जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४४४.६९ अंक घटेको छ।

प्रतिक्रिया