दोहोरो अंकले घट्यो नेप्से

आइतबार, १४ साउन २०८०, १५ : १६

काठमाडौँ - कारोबारको पहिलो दिन आज नेप्सेमा गिरावट आएको छ । बजारमा गिरावट आएसँगै १२ उपसूचकमा पनि राताम्मे छाएको छ ।

आइतबार नेप्से सूचांक २६.१४ अंकले घटेर २१०० को विन्दुमा कायम भएको छ । बजारमा लगातार गिरावट आएपछि लगानीकर्ता निराश बनेका छन् । नेप्सेमा सूचीकृत २६६ कम्पनीहरुको ६८ लाख ६्र० हजार कित्ता शेयर कारोबार हुँदा दुई अर्ब ५० करोड २८ लाख ८६ हजार माथिको कारोबार भएको छ ।

नेप्सेमा गिरावट आएसँगै १२ उपसूचक राताम्मे भएका छन् । आइतबार म्युचुअल फण्ड उपसूचक ०.३२ प्रतिशतले बढेको छ भने फाइनान्स उपसूचक सर्वाधिक २.३२ प्रतिशतले घटेको छ । त्यस्तै आज होटल तथा पर्यटन उपसूचक र ट्रेडिङ उपसूचक क्रमशः २.०८ र २.०७ प्रतिशतले घटेका छन् ।

 

आइतबार, १४ साउन २०८०, १५ : १६

प्रतिक्रिया