काठमाडौँ - कारोबारको पहिलो दिन आईतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार २६.७३ अंकले घटेर २०९९ को बिन्दुमा कायम भएको छ ।आज सुपरमाई हाइड्रोेपावरको शेयरमूल्य सर्वाधिक बढेको छ ।त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंक डिभेन्चर २०८४, सिनर्जी पावर, मेगा म्युुचुुअल फण्ड १, एनएमबी हाइब्रिड फण्ड १ लगायत अन्य कम्पनीहरुको शेयरमूल्य बढेको छ ।

आज मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य ६.७८ प्रतिशतले सर्वाधिक घटेको छ ।त्यस्तै, अभियान लघुवित्त, हिमालयन लघुवित्त, सनराइज ब्लुचिप, रावा इनर्जी डेभलपमेन्ट लगायतका कम्पनीहरुको शेयरमूल्य सर्वाधिक घटेको छ ।

प्रतिक्रिया