माउन्टेन इनर्जीको नाफामा ओरालो , विद्युत बिक्रीको आम्दानी रु १.२१ अर्ब

मंगलबार, २३ साउन २०८०, १० : १७

काठमाण्डौ- माउन्टेन इनर्जी नेपालले आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

समीक्षा अवधिमा कम्पनीले ४० करोड ५९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ३३.५५ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ६१ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

चौथो त्रैमासमा कम्पनीले विद्युत बिक्रीबाट १ अर्ब २१ करोड रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १ अर्ब २३ करोड रुपैयाँ आम्दानी गरेको थियो। यो हिसाबले समीक्षा वर्षमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि १.३४ प्रतिशतले घटेको छ। 

चुक्तापुँजी १ अर्ब ९६ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन अर्निङमा १ अर्ब २० करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिटेन अर्निङमा १ अर्ब १ करोड रुपैयाँ थियो।  कम्पनीको प्रतिसेयर आम्दानी ९ईपीएस० घटेर २०.६३ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ३१.०५ रुपैयाँ थियो। पीई रेयिो ४८.२३ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १६१.२८ रुपैयाँ रहेको छ। 

मंगलबार, २३ साउन २०८०, १० : १७

प्रतिक्रिया