आज सर्वाधिक कारोबार गर्ने र सकारात्मक सर्किट लाग्ने कम्पनीहरु

आइतबार, २८ साउन २०८०, १५ : ४८

काठमाडौँ - कारोबारको पहिलो दिन आज नेपाल इन्स्योरेन्सको प्रमोटर शेयर सर्वाधिक कारोबार भएको छ। कम्पनीको शेयर ५८ करोड ४५ लाख रुपैयाँ बराबरको भएको छ।

त्यस्तै, घोराही सिमेन्टस, सोल्टि होटल, माउन्टेन इनर्जी, माछापुच्छे बैंक, शिवम सिमेन्टस, सानिमा बैंक, ज्योती विकास बैंक र अपर तामाकोशीको शेयरमा लगानीकर्ताहरु झुम्मिएका छन् ।

 आज थी्र स्टार हाईड्रोपावर र अपर अपर साङ्गे हाइड्रोपावरकोे शेयरमा सकारात्मक सर्किट लागेको छ ।प्रि–सेसनमा थ्रीस्टार हाइड्रोपावरको २५५ रुपैयाँ र अप्पर साङ्गेको २५३.६० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, माउन्टेन इनर्जी, सिद्धार्थ प्रिमियम, गणपती लघुवित्त, अपर तामाकोशी, माछापुच्छे्र बैंक, कुमारी इक्विटी फण्ड, सानिमा ग्रोथ फण्ड, ग्रिन भेञ्चरको शेयर मूल्य बढेको छ ।

आइतबार, २८ साउन २०८०, १५ : ४८

प्रतिक्रिया