काठमाडौँ- अबिरल बर्षाले बाढी आउदा मेलम्ची हेलम्बु सडक अन्तर्गत मेलम्ची ११ सिमखेतमा सडक अबरुद्ध भएको छ ।
दिउँसो ३.३० बजे बाट बाढी बाटोमा पस्दा यातायात सञ्लनमा समस्या आएको प्रहरिले जनाएको छ । मेलम्ची तथा इन्द्रावती दुबै नदिमा बहाव बढेकाले सतर्क रहन प्रसासनले आग्रह गरेको छ ।त्यस्तै मेलम्ची भोताङ सडक अन्तरगत लागर्छे उतिस घारिमा पहिरो जादा उक्त सडक पनि अबरुद्ध भएको प्रहरिले जनाएको छ ।
प्रतिक्रिया