शिवम सिमेन्टको नाफामा गिरावट, आम्दानीमा पनि संकुचन

मंगलबार, ३० साउन २०८०, ०९ : २९

काठमाण्डौ- शिवम सिमेन्ट्स लिमिटेडले आर्थिक वर्ष २०७९– ८० को चौथो त्रैमासमा कम्पनीको अधिकांश मुख्य सूचकमा पहिरो गएको छ। 

आज सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले ३० करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ५६.२१ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीले ६९ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

कम्पनीको उत्पादन बिक्रीबाट हुने आम्दानी पनि १६.२८ प्रतिशतले घटेर ७ अर्ब ७५ करोड रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष उत्पादन बिक्रीबाट कम्पनीले ९अर्ब २६ करोड रुपैयाँ आम्दानी गरेको थियो। अघिल्लो वर्ष अन्य आम्दानी २१ करोड ५५ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा बढेर ३६ करोड ३५ लाख रुपैयाँ भएको छ। 

चुक्तापुँजी ४ अर्ब ४० करोड रुपैयाँ कम्पनीको रिजर्भको आकार ४।१२ प्रतिशतले घटेर ३ अर्ब ७१ करोड रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष यही अवधिसम्म रिजर्भमा ३ करोड ८७ लाख रुपैयाँ थियो।
 

मंगलबार, ३० साउन २०८०, ०९ : २९

प्रतिक्रिया