ग्लोकल २० अन्डर २० को सूची सार्वजनिक

मंगलबार, ३० साउन २०८०, १४ : ४७

काठमाडौँ - आज ग्लोकल टीन हिरो नेपाल नवौं संस्करणनमा आवेदन दिने प्रतिभावान किशोरकिशोरीबाट उत्कृष्ट २० घोषणा गरिएको छ। ग्लोकल टीन हिरो किशोरकिशोरीहरूलाई समर्पित एउटा अवार्ड कार्यक्रम हो। यो किशोरकिशोरीहरूलाई पहिचान गर्ने र उनीहरुको प्रभावकारी काम र युवा अग्रगामीहरूलाई प्रोत्साहन गर्ने एउटा पहल हो । समाजमा रहेका प्रतिभाशाली किशोर किशोरीहरूको पहिचान र सम्मान गर्नु नै यस कार्यक्रमको उद्देश्य रहेको छ । 

देशभरिबाट आएको ६८१ आवेदनबाट मूल्याङ्कनको सम्पूर्ण प्रक्रिया मार्फत २०२३को लागि उनीहरूले उपलब्ध गराएको जानकारी, प्रभावकारी कार्य विवरणहरू र अन्तर्वार्ताको आधारमा ग्लोकल २०अन्डर२० चयन गरिएको छ । 

२०अन्डर२० किशोरकिशोरीहरुले संगीतकार, विज्ञान उत्साही, सामाजिक उद्यमी, स्वास्थ्य कार्यकर्ता, विज्ञान उत्साही, बाल अधिकारकर्मी, लेखक जस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन् । 

यस वर्षका उत्कृष्ट किशोर किशोरीको सुची यस प्रकार रहेको छ –
-    आर्यन सिग्देल, १७, शिक्षक र अभियन्ता  
-    अतिथ अधिकारी, १७, सामाजिक उद्यमी
-   अविनाश कुमार पासवान, १७, संगीतकार
-   ंदिक्षा भारती, १८, स्वास्थ्य अभियन्ता
-    दिवश सर्राफ, १७, सामाजिक अभियन्ता
-   माधव खनाल, १८, लेखक
-   निराजन रिमाल, १८, विज्ञान उत्साही
-   प्रकाश बडु, १५, बाल अधिकारकर्मी 
-   प्रकाश पन्त, १७, गणित उत्साही 
-    प्रीति पन्थ, १८, सामाजिक अभियन्ता
-    रौशन पंडित, १७, प्राविधिक उत्साही
-   रिशम कुमार साह, १८, वातावरण अभियन्ता
-   सदीक्षा घिमिरे, १८, स्वास्थ्य अभियन्ता
-    सागर बुढा, १७, वातावरण अभियन्ता
-    सागर गुप्ता, १७, एआई वैज्ञानिक÷अनुसन्धानकर्ता
-   समिप पौडेल, १६, प्राविधिक उत्साही
-    श्रुति तिवारी, १८, वातावरण अभियन्ता
-    शुभम उप्रेति, १७, कलाकार
-  सुमित्रा आचार्य, १७, अभियन्ता
-   सुशन श्रेष्ठ, १७, अभियन्ता

साथै उत्कृष्ट ६ को घोषणा अगस्ट २१ तारिकमा हुने छ। चयन भएका युवाहरुको सम्मान ग्लोकल टिन हिरो २०२३ को सेप्टेम्बर १, २०२३ मा हुने अवार्ड महोत्सब र सम्मेलन मार्फत हुने छ।
 

मंगलबार, ३० साउन २०८०, १४ : ४७

प्रतिक्रिया