इन्धनको मूल्य बढेसँगै सार्वजनिक यातायातको भाडा बढ्यो

विहीबार, ३२ साउन २०८०, ०८ : ३०

काठमाडौं- सरकारले सार्वजनिक सवारी साधनको भाडामा फेरी भाडादर बढाएको छ ।

यातायात विभागले साउन ३१ गते बिहीबारदेखि लागू हुने गरी अन्तर–प्रदेश यातायातमा भाडा बढाउने निर्णय गरेको हो । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै विभागले नयाँ भाडादर तोकेको हो ।

जसअन्तर्गत सरकारले यात्रुवाहक सवारीसाधनको भाडादर ४.७० प्रतिशतले बढेको छ । यस्तै, पहाडी बाटो भएर सञ्चालन हुने मालवाहक सवारीको भाडामा ६.१५ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.८३ प्रतिशत भाडा बढेको छ ।

नयाँ भाडादर आजदेखि अर्थात साउन ३१ गते देखि नै लागू हुनेछ । मंगलबार नेपाल आयल निगमले डिजेल र मट्टीतेलमा समान १४ र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँले मूल्य बढाएगत्तै यातायात व्यवस्था विभागले नयाँ भाडादर सार्वजनिक गरेको हो ।

image

विहीबार, ३२ साउन २०८०, ०८ : ३०

प्रतिक्रिया