निर्माणाधीन पुल भत्किँदा भारतमा १७ जनाको मृत्यु

बुधबार, ०६ भदौ २०८०, १५ : ०४

काठमाडौं-  भारतमा निर्माणाधीन पुल भत्किँदा १७ जनाको मृत्यु भएको छ । 

भारतको मिजोरम राज्यमा निर्माणाधीन रेलवे पुल भत्किँदा १७ जनाको मृत्यु भएको सो राज्यका मुख्यमन्त्री जोरामथन्गाले जानकारी दिएका छन् ।

दुर्घटनाबारे जानकारी दिँदै उनले निर्माणाधीन रेलवे पुल भत्किँदा कम्तिमा पनि १७ जना मजदुरको मृत्यु भएको बताएका छन् । 

बुधबार, ०६ भदौ २०८०, १५ : ०४

प्रतिक्रिया