काठमाडौं- भिजन लुम्बिनी ऊर्जा कम्पनीलाई आईपीओ निष्कासन गर्न बोर्डले अनुमति दिएको छ ।
उक्त कम्पनीले जारी पुँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको २० प्रतिशतले हुन आउने ३८ करोड २५ लाख रुपैयाँबराबरको ३८ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।
२५ मेगावाटको सेतीखोला जलविद्युत आयोजनाको प्रवर्द्धन गर्दै आएको सो कम्पनीमा एचआईडीसीएल, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, प्रभु लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स लगायत करिब १ हजार ५०० जना संस्थापक सेयर सदस्यहरुको लगानी रहेको छ। कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
प्रतिक्रिया