"काठमाडौं  युथ कनक्लेभ २०२३" आयोजना हुदैँ

विहीबार, ०७ भदौ २०८०, १५ : ०५

 काठमाडौं-नेपालको जनगणना २०७८ को तथ्यांक अनुसार १६ देखि ४० वर्ष उमेरसमूहका युवाको जनसंख्या ४२.५६ प्रतिशत रहेको छ। जनसंख्याको झन्डै आधाको हाराहारीमा रहेका युवा जनशक्ति बेरोजगारी र नैरश्यताकै कारण मन नमान्दा पनि बिदेसिन बाध्य भएका छन्। हरेक दिन करिब ३०० बढी विद्यार्थीहरू उच्च शिक्षाको लागि बाहिरिरएका छन् ।

 शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन शाखाको तथ्यांकले पनि हरेक वर्ष वैदेशिक अध्ययनमा जानेको संख्या बढिरहेको देखाउँछ । गत आर्थिक वर्ष २०७९र८० मा १ लाख १० हजार २१७ जना विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी_  लिएका छन्। देशको आधा जनसंख्या भएका युवायुवतीहरुको समुदायलाई एउटै मञ्चमा ल्याइ विभिन्न क्षेत्रका सम्भावनालाई अवसरमा रूपान्तरण गरी सफलता प्राप्त गरेका व्यक्तिहरुको ज्ञान, सीप र अनुभवलाई युवावर्गहरुमा साझा गरी युवाहरुलाई देशको चौतर्फी विकासमा योगदान पुर्याउन उत्साहित, अभिप्रेरित तथा दिशानिर्देश गर्ने उद्देश्यले येहि आउदो भदौ ९ गते युनिभर्सल र फिनिक्स कलेजले संयुक्त रुपमा " काठमाडौं  युथ कनक्लेभ २०२३"आयोजना गर्नलागेको छ  । सो कार्यक्रम भदौ ९ गते प्रज्ञा प्रतिष्ठान भवन कमालादि, काठमाडौँमा हुने भएको छ । 

 देशका शसक्त युवा शक्तिलाई विदेश जानुभन्दा यही देशमा सम्भावना खोज्न अभिप्रेरित गर्दै, नेपालमै उच्च शिक्षा प्रदान गरी देशको आर्थिक विकासमा सक्रिय नेतृत्व दिइ स्वरोजगारका अवसरहरु सृजना गरी राष्ट्र सेवामा अभिप्रेरित गर्ने यस कार्यक्रमको भूमिका रहने छ  ।

यस कार्यक्रममा करिब ५००० युवायुवतीहरुको खास गरी १६ देखि २५ वर्ष उमेरसमुहका सहभागिता हुने अपेक्षा गरिएको छ । विहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन हुने यस कार्यक्रममा निम्न बक्ताहरुले बिभिन्न विषयमाथि प्रकाश पार्नुहुनेछ । साथै कार्यक्रममा युवा उद्यमी र उद्यमशीलतालाई प्रवर्धन गर्न स्टार्टअप पन्ज  पभेलियन पनि राखीएको छ ।

विहीबार, ०७ भदौ २०८०, १५ : ०५

प्रतिक्रिया