खोजमुलक पत्रकारिता फेलोसिप २०२४ आयोजना हुदैँ

शुक्रबार, ०८ भदौ २०८०, १० : २५

काठमाडौँ- भ्रष्टाचारमा शून्य सहनशिलता र शुशासनयुक्त बिधिको राज्यका पक्षमा खबरदारी गर्न यही सरोकारमा जोडिएका विषय रोजेर खोजमुलक समाचार सामग्री उत्पादन गर्न बारबरा फाउण्डेसनले पत्रकारिता फेलोसिपको घोषणा गरेको छ ।

 जनही २ लाख ५० हजार रुपैंयाका चारवटा फेलोसिपबारेको प्रस्ताव भदौ मसान्त, २०८० भित्रमा आइसक्नुपर्नेछ । असोजको पहिलो साताभित्रैमा प्रस्ताव स्वीकृतिको सूचना आवेदकलाई गरिनेछ ।

शुशासन र भ्रष्टाचार, वातावरणीय परिवर्तनको मुद्धा, स्वास्थ्य र शिक्षा सरोकारका विषयमा आउने प्रस्ताव स्वीकृत भएपछि आगामी चैत मसान्त (२०८०) सम्ममा तो किएको विषयमा सोध र अनुसन्धानका समाचार र सामग्री प्रकाशित भैसकेको हुनुपर्नेछ । फेलोसिप प्रकृयामा सम्पर्क निकाय सचिवालयका रुपमा बालुवाटारस्थित बारबरा फाउण्डेसनको कार्यालयलाई तोकिनेछ ।

शुक्रबार, ०८ भदौ २०८०, १० : २५

प्रतिक्रिया