भलिबल खेल्ने क्रममा झगडा हुँदा एक युवकको मृत्यु

सोमबार, ११ चैत्र २०७५, १५ : ५९

बझाङ – भलिबल खेल्ने क्रममा झगडा हुँदा एक युवकको मृत्यु भएको छ । 

आइतबार दिउँसो भलिबल खेल्ने क्रममा झगडा हुँदा सिकिस्त घाइते भएका सुर्मा गाउँपालिका ५ का १८ बर्षिय आनन्द विकको आज मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका डियसपी प्रविण धितालले भलिबल खेल्ने क्रममा विवाद भइ झगडा हुँदा सिकिस्त घाइते भएका विकको जिल्लामा उपचार हुन नसकेपछि नेपालगन्ज तर्फ रेफर गरिएको र सोमबार बिहान अत्तरिया नपुग्दै बिच बाटोमा नै मृत्यु भएको जनाएका छन ।

झगडा गर्ने स्थानिय युवाहरु भने फरार रहेका र उनको खोजी कार्य जारी रहेको उनको भनाइ छ ।

सोमबार, ११ चैत्र २०७५, १५ : ५९

प्रतिक्रिया