संस्कृति लोप हुँदै गएकाप्रति नेवार समुदाय चिन्ता

शनिबार, १६ भदौ २०८०, ०९ : २७

भोजपुर- बढ्दो आधुनिकताको प्रभावसँगै मौलिक संस्कृति लोप हुने खतरा बढेपछि भोजपुरका नेवार समुदायका व्यक्तिहरु संरक्षणमा जुटेका छन् । 

मौलिक परम्परा धर्म संस्कृतिलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पु¥याउन उनीहरु यसको संरक्षणमा जुटेका हुन् । नेवार समुदायले विगतबाट मान्दै आएका परम्परालाई जीवन्त राख्नका लागि गाउँघरमा विभिन्न सङ्घ संस्था गठन गरेर आफ्नो संस्कार संस्कृतिको संरक्षणको निमित्त काम गर्दै आएको नेवार समाज दाँवाका अध्यक्ष कमल श्रेष्ठ बताउनुहुन्छ ।

“हामी स्थानीयस्तरबाट नै आफ्नो संस्कार संस्कृतिलाई बचाउन जुटेका छौँ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो, “सस्कृतिको जगेर्ना गर्दै नयाँ पुस्तालाई आफ्नो संस्कृति, पराम्परा सिकाउँदै आएका छौँ संस्कृतिलाई बचाइ राख्नका लागि विभिन्न कार्यक्रम गर्दै आएको अवस्था छ । 

यहाँका करिब ८५ घर परिवार नेवार समुदाय सङ्गठित भएर मौलिक कला, संस्कार संस्कृतिको संरक्षणमा जुटेको उहाँको भनाइ छ । नेवार समुदायको संस्कृतिको रुपमा मादल, झ्याली र ढोलक बजाउँदै नाचिने ठाकठुके नाच सिकाउनेलगायत परम्परा रीतिरिवाज पुस्तान्तरणका लागि समाजले विगत लामो समयबाट काम गर्दै आएको अध्यक्ष श्रेष्ठको भनाइ छ । 

धर्म, संस्कृति, जातीय अस्तित्व, रीतिरिवाज र बाजा जोगाउन सामूहिकरुपमा संरक्षणको काम गर्दै आएको कृष्णलक्ष्मी–लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठान, काठमाडौँ तथा दाँवाली मिलन क्लबका अध्यक्ष रोशन श्रेष्ठले बताउनुभयो । नेवार समदायका संस्कृति रीतिरिवाजको संरक्षणमा आफ्नो अगुवाइमा विभिन्न कार्यक्रम हुँदै आएको उहाँको भनाइ छ ।

“नेवार समुदायको छुट्टै कला, संस्कार संस्कृति रीतिरिवाज छ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो, “कतिपय परम्परा लोप हुँदै गएको अवस्था छ । यस्ता परम्पराको संरक्षणमा  हामी जुटेका छौँ । मौलिक कुराको सरक्षण गर्नु नयाँ पुस्ताको दायित्व पनि हो ।” नेवार समुदायमा, लाखेजात्रा गाईजात्रा, बुबाको मुख हेर्ने, आमाको मुख हेर्ने, देगु पूजा, गुँ पुन्ही, येँया पुन्ही, चथाः, तिहार, म्हःपूजा, योमरी पुन्हीलगायत चाडपर्वमा मौलिक बाजा बजाउने चलन रहेको क्याप्टेन रमेश श्रेष्ठले बताउनुभयो । 

“कतिपय संस्कृत पुस्तान्तरणसँगै लोप हुँदै गएको अवस्था पनि छ”, उहाँले भन्नुभयो, “हामी जो जहाँ रहे पनि आफ्नो संकृतिलाई भुल्न हुन्न । संस्कृतिलाई बचाउँदै अर्को पुस्तासम्म पु¥याउन सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्न आवश्यक छ ।” नेवार संस्कृतिलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पु¥याउन चुनौतीको रुपमा देखा पर्दै आएको स्थानीयवासी बद्रीकुमार श्रेष्ठको भनाइ छ । 

आधुनिकता विकाससँगै स्थानीय संस्कृतिको मौलिकता हराउने अवस्था आएकाले यसलाई नयाँ पुस्तासम्म पु¥याउन आवश्यक रहेको उहाँको भनाइ छ । “आधुनिकताको विकाससँगै कतिपय मौलिक परम्परा हराउँदै आएको अवस्था छ”, उहाँले भन्नुभयो, “यस्ता कुराको संरक्षणमा राज्यले पनि ध्यान दिन आवश्यक छ । 

शनिबार, १६ भदौ २०८०, ०९ : २७

प्रतिक्रिया