उपभोक्ता जागरण अभियानले बुझायो कृषि मन्त्रीलाई ज्ञापनपत्र

शनिबार, १६ भदौ २०८०, १५ : ३०

काठमाडौँ - उपभोक्ता जागरण अभियान नेपालले कृषि तथा पशुपंक्षी मन्त्री र उद्योग  तथा  बाणिज्य र श्रम तथा उपभोक्ता हितसम्बन्धि संसदीय समितिका सभापतिलाई संस्थाको तर्फबाट  ज्ञापनपत्र बुझाएको छ । सो संस्थाले शनिबार ज्ञापनपत्र बुझाएको हो । 
 
ज्ञापनपत्रमा स्वास्थ्य बीमा,अस्पतालको पार्किङ ब्यवस्था, शिक्षा क्षेत्रका बिकृत्ति, स्वच्छ बजारका चुनौती, तरकारी र फलफूल तथा खाद्यान्नमा रहने विषादीको अवशेष परीक्षण गर्ने प्रयोगशाला र जागरुक उपभोक्ता र जिम्मेवार बिक्रेता अभियान लगायतका विषयहरु समेटिएको छ।

 ज्ञापनपत्र बुझ्दै कृषि तथा पशुपंक्षी मन्त्री बेदुराम भुुसालले हालै विषादीको अवशेष परीक्षण गर्ने ल्याबलाई सबै प्रदेशमा निरन्तरता दिनेगरी बजेट ब्यवस्था भएको जानकारी दिएका छन् । 

संसदीय समितिका सभापतिले ज्ञापनपत्रमा समेटिएका सुझाव कार्यान्वयन गर्ने शिलशिलामा छिट्टै सरोकारवालालाई राखेर छलफल गर्ने आश्वासन समेत दिएका छन् ।

शनिबार, १६ भदौ २०८०, १५ : ३०

प्रतिक्रिया