काठमाडौंको पेप्सीकोला- काँडाघारी सडकखण्डमा सवारी दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
आज बिहान करिब ७ः४५ बजेतिर मिनी बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा सात जना घाइते भएका हुन् । घाइतेहरुको मिनभवनस्थित सिभिल अस्पताल र मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको काँडाघारी प्रहरीका इन्सपेक्टर श्याम कटुवालले जानकारी दिएका छन ।
कटुवालका अनुसार दुर्घटना तत्काललाई बाहिरी चोट पटक धेरै नदेखिएपनि घाईतेमध्य केहीँको अवस्था गम्भिर रहेको जानकारी दिनुभएको छ । हाल उक्त घटनाबारे अनुसन्धान भएको छ अनुसन्धान पश्चात बिस्तृत जानकारी आउने कटुवालले बताएका छन्।
प्रतिक्रिया