आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना

सोमबार, १८ भदौ २०८०, ०८ : ०६

आज (सोमबार) का दिन काठमाडौं आसपासका क्षेत्रमा घाम लागेको छ भने देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा मेघगर्जन सहित भारी वर्षाको समेत सम्भावना रहेको कारण सुरक्षा अपनाउन विभागले अनुरोध गरेको छ ।

राति भने देशको पहाडी भूभागका थोरै  स्थानहरूमा तथा बाँकी भूभागको एकरदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ जल तथा मौसम विभागले जनाएको छ । 

सोमबार, १८ भदौ २०८०, ०८ : ०६

प्रतिक्रिया