यस्ता कामदार जान पाउँछन् जापान, कति लाग्छ लागत ?

मंगलबार, १२ चैत्र २०७५, ०७ : ३६

काठमाडौं–जापानले दुई किसिमको निश्चित सीपयुक्त कामदारलाई लैजाने नीति बनाएको छ । जसअनुसार पहिलो वर्गमा सीप तथा सम्बन्धित कार्यक्षेत्रको अनुभवप्राप्त श्रमिकहरू रहनेछन् । यस्ता श्रमिकहरूले बढीमा ५ वर्ष जापानमा काम गर्न सक्नेछन् । 

विशिष्ट तथा उच्च तहको सीपयुक्त कामदारलाई दोस्रो वर्गमा राखिएको छ । यसअनुसार डाक्टर, इन्जिनियरजस्ता उच्च सीपयुक्त श्रमिकहरू पाँच वर्षभन्दा बढी समय जापानमा काम गर्न पाउनेछन् । उनीहरूले आफ्ना परिवारका सदस्यसमेत लैजान सक्ने व्यवस्था गरिएको छ । 
समझदारीअनुसार जापान जाने नेपाली कामदारले जापानी नागरिकसरहको सेवासुविधा एवं सर्तमा काम गर्न पाउनेछन् । उनीहरूलाई जापानी नागरिकसरह समान व्यवहारको सुनिश्चितता गरिनेछ । यसअनुसार नेपाली श्रमिकले जापानी नागरिकले सोही कामका लागि प्राप्त गर्नेसरह वा सोभन्दा बढी पारिश्रमिक पाउनेछन् । 

रोजगारीका लागि जापान जाने कामदारको लागत भने तय हुन बाँकी छ । संयुक्त समितिले नै लागत तथा सेवा शुल्कको विषय टुंग्याउने खबर नयाँ पत्रिका दैनिकमा छापिएको छ । 
 

मंगलबार, १२ चैत्र २०७५, ०७ : ३६

प्रतिक्रिया