सी ग्रेडको सूचीमा गभर्नर अधिकारी

सोमबार, १८ भदौ २०८०, १२ : १७

काठमाडौँ - नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सी ग्रेड पाएका छन् ।अमेरिकाबाट प्रकाशन हुने ‘ग्लोबल फाइनान्स’ पत्रिकाले उनलाई ‘सेन्ट्रल बैंकर रिपोर्ट कार्ड २०२३’ मा’ ‘ए प्लस’ ग्रेडिङ दिएको हो ।

सन् २०२१ मा उनले पाएको ग्रेड बी माइनस थियो । २०२२ मा उनको ग्रेड थप खस्किएर सीमा सीमित बन्न पुगेको हो ।

भारतको केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)’ का गभर्नर शक्तिकान्त दास विश्वकै उत्कृष्ट सूचीमा पर्न सफल भएका छन् । ग्लोबल फाइनान्सले मुद्रास्फीति नियन्त्रण, आर्थिक वृद्धि लक्ष्य, मुद्रा स्थिरता र ब्याजदर व्यवस्थापनमा सफलताको लागि ‘ए’ देखि ‘एफ’ को स्केलमा ग्रेडहरु प्रदान गर्ने गरेको छ।

ग्लोबल फाइनान्स पत्रिकाले सन् १९९४ देखि हरेक वर्ष केन्द्रीय बैंकर रिपोर्ट कार्ड प्रकाशित गर्दै आएको छ ।  जसमा ‘ए’ ग्रेडले पूर्णरुपमा सफलताको र ‘एफ’ ग्रेडले पूर्ण असफलताको प्रतिनिधित्व गर्छ ।  यसले युरोपेली संघ, पूर्वी क्यारिबियन केन्द्रीय बैंक, केन्द्रीय अफ्रिकी देशहरुका सेन्ट्रल बैंक र पश्चिम अफ्रिकी राष्ट्रहरूको केन्द्रीय बैंक सहित विश्वका १०१ वटा प्रमुख देश र क्षेत्रहरुका केन्द्रीय बैंकका गभर्नरहरुलाई ग्रेड दिँदै आएको छ ।

 

सोमबार, १८ भदौ २०८०, १२ : १७

प्रतिक्रिया