आकाशिएको सानो गोलभेडाको मूल्य प्रतिकेजी ४० रुपैयामा कारोवार

बुधबार, २० भदौ २०८०, ०६ : ५७

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ। जस अनुसार नेपाली गोलभेडा मेरो प्रतिकेजी मूल्य ५५, भारतीय ठूलो गोलभेडा ५५, टनेल गोलभेडा सानो ५०, लोकल गोलभेडा सानो ४०, घिउ सिमी लोकल ९०, काउली स्थानीय प्रतिकेजी ९० रुपैयाँ रहेको छ ।  

त्यस्तैगरि आलु रातो ५५, मुडे आलु रातो ५०, भारतीय आलु रातो ३५, लौका ४०, हरियो फर्सी ५०, घिरौला ४० कायम भइ कारोबार भइरहेको छ। डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ ,बन्दा लोकल ७०, गाजर १२०, मूला सेतो ९०, मूला रातो ९०, भन्टा डल्लो ७०, भन्टा लाम्चो ५०, टाटे सिमी ८०, तितो करेला ८०, ब्रोकाउली ३००, कागती २०० रुपैयाँ, भिण्डी ४०, न्यूरो ९० रुपैयाँ, रातो बन्दा प्रतिकेजी २०० रुपैयाँ, लोकल काक्रो १००, अदुवा प्रतिकेजी १७० रहेको समितिले जनाएको छ।

यस्तै लप्सी प्रतिकेजी ६०,हरियो धनिया १५०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २६०, चाइनिज लसुन २३०, गुन्दुक प्रतिकेजी २८०,भारतीय प्याज सुकेको ७२, लसुन हरियो २२०, रुख कटहर ८०, छ्यापी सुकेको २००, भेडे खु्र्सानी ८०, शरीफा १५०, फूजी स्याउ ३२०, अम्बा १००, मौसम १५० रहेको छ ।

बुधबार, २० भदौ २०८०, ०६ : ५७

प्रतिक्रिया