हेलो सरकारमा दिनहुँ हजारौ समस्या सहितको फोन तथा म्यासेज आउने गरेको छ । जसअनसार प्रधानमन्त्री कार्यालयले आज सार्वजनिक गरेको हेलो सरकारको विवरणअनुसार बज्र सेक्युरिटी प्रालि करारमा रहेका कर्मचारीको सम्झौताबमोजिमको सञ्चयकोष लगायतका सुविधा प्राप्तिमा ढिलाइ भएको सम्बन्धमा पनि गुनासो आएको छ ।
११११ मा रिसिभ भएको फोन सङ्ख्या तीन सय ११, पार्टलमा आएका र पार्टलमार्फत सम्बन्धित निकायमा पठाइएका गुनासोको विवरण दुई सय, गुनासो फर्छ्योट सङ्ख्या ५५ ९टेलिफोनबाट फर्छ्योट भएको संस्था संलग्न नभएको० र सामाजिक सञ्जालबाट गुनासोको सङ्ख्या अत्यधिक आएको छ ।
“सुत्केरी महिला निजामती सेवामा नियुक्ति भएमा निजलाई प्रसूति विदा दिन मिल्छ कि मिल्दैन स्पष्टसँग उल्लेख गरी जिज्ञासा समाधान गरिदिनु हुन पुनः अनुरोध छ, कृपया जिज्ञासालाई गम्भीरताका साथ दिई समाधान गरिदिनु हुन अनुरोध छ”, वेबपोर्टलको जिज्ञासामा भनिएको छ ।
त्यसैगरी महङ्गी बढेको, ग्यासको भाउ धेरै बढेको, सडकमा खाल्टाखुल्टी भएको, धुलो भएको, अदालतको फैसला कार्यान्वयन हुन नसकेको, बेरोजगारी बढेको र बाँदरको समस्याको बारेमा पनि हेलो सरकारमा गुनासो गरिएको छ ।
प्रतिक्रिया