कक्षा १२ को पूरक परीक्षाको समय परिवर्तनः अब ९ र १० गते हुने

बुधबार, २० भदौ २०८०, ०९ : २५

कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका परिवर्तन भएको छ । यसअघि असोज ६ र ७ गते सञ्चालन हुने भनिएको परीक्षा अब ९ र १० गते हुने भएको हो । 

परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । ग्रेडवृद्धि (पूरक) परीक्षा दुई दिन मात्र सञ्चालन हुनेछ । 

एक विषयको मात्र ग्रेडवृद्धि परीक्षामा सहभागी हुने परीक्षार्थीले जुनसुकै विषय भए पनि परीक्षा सञ्चालन भएको पहिलो दिनमै ग्रेडवृद्धि परीक्षामा सहभागी हुनुपर्ने बोर्डले जनाएको छ ।

suchana 12 class

बुधबार, २० भदौ २०८०, ०९ : २५

प्रतिक्रिया