बाँकेमा बस दुर्घटना ७ जनाको मृत्यु, २५ जना घाइते

शनिबार, २३ भदौ २०८०, ०७ : ४५

बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। गएराति बाँकेको राप्तिसोनारी गाउपालिका– ८ शमशेरगन्जमा भएको दुर्घटनामा परेर २५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार ना७ख २३२१ नम्बरको बस ना४ख ६४०५ नम्बरको रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा ठाकुरबाबा– ७ का साधुराम थारु, वडा नम्बर ८ का जुगबहादुर चन्द, वडा नम्बर ९ का काँशिराम थारु, कस्तुरी थापा, रुपा परियार, जयन्ती थारु, वडा नम्बर  र पहिचान नखुलेका बसका कर्मचारी एक पुरुष रहेको प्रहरीले जनाएको छ । 

बसमा ४० जनाभन्दा बढी यात्रु सवार रहेको बताइएको छ । घाइतेको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । बस दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

शनिबार, २३ भदौ २०८०, ०७ : ४५

प्रतिक्रिया