नेपालमा १९ हजार ८०० हेक्टर क्षेत्रफलमा आँप खेती

शनिबार, २३ भदौ २०८०, ०८ : ५९

 नेपालमा सबैभन्दा धेरै क्षेत्रफलमा आँप खेती हुने गरेको पाइएको छ । ‘कृषि गणना २०७८’ अनुसार एक लाख ४५ हजार हेक्टर क्षेत्रफलमा फलफुल खेती हुने गरेको छ ।

त्यसमध्ये सबैभन्दा धेरै क्षेत्रफलमा आँप खेती हुने गरेको पाइएको हो । फलफुल उत्पादन हुने कुल जग्गामध्ये १९ हजार ८०० हेक्टर क्षेत्रफलमा आँप खेती हुने गरेको तथ्यांक कार्यालयले जनाएको छ ।

बगैंचाको रूपमा बढी आँप खेती हुने मधेस प्रदेशको सिरहा जिल्ला रहेको छ । नेपालमा ६ हजार ५०० हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुने गरेको छ । गण्डकी प्रदेशको स्याङ्जामा सुन्तला खेती बढी हुने गरेको छ ।  ७.९ हेक्टर क्षेत्रफलमा केरा खेती हुने गरेको छ । यस्तै, स्याउ तीन हजार १०० हेक्टर, कागती दुई हजार ८०० हेक्टर क्षेत्रफलमा खेती हुने गरेको छ ।

शनिबार, २३ भदौ २०८०, ०८ : ५९

प्रतिक्रिया