प्रवासी नेपालीहरुलाई तीजको शुभकामना

मंगलबार, २६ भदौ २०८०, ११ : २०

काठमाडौं –अखिल भारत नेपाली एकता मंच भोपालमा आवद्ध नेपाली एकता महिला समितिले हरितालिका तीजको अवसरमा शुभकामना आदानप्दान कार्यक्रमको आयोजना गरेको छ । समितिले प्रवासमा रहेका सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुलाई तीज भव्यतापूर्वक मनाउन अपिल गर्दै सबैलाई स्वागत तथा शुभकामना व्यक्त गरेको छ । यसैबीच नेकपा(माओवादी केन्द्र) प्रवास समन्वय समतिका अध्यक्ष ओम शर्माले प्रवासमा रहेका नेपालीहरुमा तीजको शुभकामना दिनुभएको छ ।

मंगलबार, २६ भदौ २०८०, ११ : २०

प्रतिक्रिया