सुवास नेम्वाङको शव यात्रा सुरु हुँदै

विहीबार, २८ भदौ २०८०, १० : ४२

काठमाडौँ – संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङको शव अन्त्येष्टिका लागि बालुवाटार निवासबाट सव यात्रा निकालिएको छ । हिन्दु तथा मुन्धुम परम्परा अनुसार उनको अन्त्यष्टि गरिनेछ । 

शव यात्रामा नेकपा एमालेका नेता कार्यकर्ता, समर्थक शुभेच्छुक सहभागी छन् । बालुवाटारबाट टिचिङ अस्पताल, नारायणगोपाल चोक, धुम्वाराही, चाबहिल हुँदै पशुपतिसम्म शव यात्रा गरिने नेकपा एमालेले जनाएको छ । नेम्वाङको आजै राजकीय सम्मानसहित अन्त्येष्टि गरिँदैछ ।

विहीबार, २८ भदौ २०८०, १० : ४२

प्रतिक्रिया