राजा संझदै लिङदेन

विहीबार, २८ भदौ २०८०, १० : ५५

 काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले १२ बुँदे स्रम्झौताको बिरोध गर्दै राज संस्थालाई देशको अभिभावकीय संस्थाको रुपमा स्वीकार गर्नुउर्ने बताएका छन् । 

बुधवार पार्टीले काठमाडौंमा आयोजना गरेको विरोध सभामा उनले सो बुरा बताएका हुन ।अब राजसंस्थालाई अभिभावकीय भूमिका दिनेगरी अघि बढनुपर्ने प्रस्ताव गर्दै उनले भने – ‘तपाईंहरुले दिल्लीको १२ बुँदे सम्झौताको बाटोबाट देशलाई हिँडाउनुभयो, यहाँसम्म आइपुग्दा खेरी त्यो बाटो गलत भयो भन्ने कुरा तपाईंहरुलाई पनि लागेको छ, त्यो बाटो गलत हो भन्ने कुरा प्रमाणित भएको छ, अब त्यो बाटोबाट अघि बढे देशलाई दुर्घटनामा लैजानेछ,’ उनले भने, ‘राजालाई कुनै न कुनै प्रकारको स्पेसको व्यवस्था गर्नुस्, राजालाई अभिभावकीय संस्थाको रुपमा अगाडि बढाऔं ।’

जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने शासकीय व्यवस्था देशका लागि हितकर हुने पनि उनले दोहोर्‍याए ।
 

विहीबार, २८ भदौ २०८०, १० : ५५

प्रतिक्रिया