अमेरिकामा तलब वृद्धिको माग गर्दै मजदुर हडतालमा

शनिबार, ३० भदौ २०८०, १० : २५

अमेरिकामा तलब वृद्धिको माग गर्दै करिब १३ हजार कामदार सवारीसाधन बनाउन छाडेर हडतालमा उत्रिएका छन् । आफ्ना तर्फबाट वार्तामा बसेका प्रतिनिधिले व्यवस्थापन पक्षसँगको वार्तामा माग पूरा गराउन नसकेपछि उनीहरू हडतालमा उत्रिएका हुन्।

युनाइटेड  अटो वर्कर्स  युनियनका सदस्यहरूले मिसौरीको  वेन्ट्जभिलमा  रहेको जनरल मोटर्सको  एसेम्बली  प्लान्ट, डेट्रोइट  नजिकैको मिसीगणको बेनमा रहेको फोर्ड कारखाना र ओहायोको टोलेडोमा  रहेको स्टेलान्टिस  जिप कारखानामा काम ठप्प पारेका छन् । 

कर्मचारी युनियनको ८८ वर्षको इतिहासमा यति धेरै मजदुरले काम छाडेर हडताल गरेको यो पहिलो पटक हो । हडताल लम्बिएमा सवारी साधनको अभाव हुने र मूल्य बढ्न सक्ने चेतावनी व्यापारीहरूले दिएका छन् ।

तीन वटै कम्पनीमा मजदुर एकैसाथ आन्दोलनमा उत्रिँदा अटो उद्योगमा समस्या हुने उनीहरूले बताएका छन् । राष्ट्रपति जो बेडिनलाई अमेरिकी इतिहासमा सबैभन्दा युनियन–मैत्री भनिए पनि मजदुरका माग सम्बोधन नभएकाले आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा त्यसले प्रभाव पार्ने ठानिएको छ ।

शनिबार, ३० भदौ २०८०, १० : २५

प्रतिक्रिया