सानवी इनर्जीले पायो आईपीओ निष्काशन गर्ने अनुमति

आइतबार, ३१ भदौ २०८०, १४ : २२

काठमाडौँ- सानवी इनर्जी प्रालिले आईपीओ ल्याउन नेपाल धितोपत्र बोर्ड (सेबोन)मा अनुमति माग्दै निवेदन दिएको छ। 

सानवी इनर्जी गत भदौ २७ गते सेबोनमा निवेदन दिँदै आईपीओ ल्याउने अनुमति दिन माग गरेको हो। 

सेबोनले अनुमति दिएमा यो कम्पनीले ३७ करोड ९० लाख रुपैयाँबराबरको आईपीओ जारी गर्नेछ। जसअनुसार कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण १०० रुपैयाँ अंकित दरका कुल ३७ लाख ९० हजार कित्ता आईपीओ बिक्री खुला गर्नेछ। 

सानवी इनर्जीको आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ। 

आइतबार, ३१ भदौ २०८०, १४ : २२

प्रतिक्रिया