जनआन्दोलनका कमाण्डरको संझना

मंगलबार, ०२ असोज २०८०, १५ : ४५

 काठमाडौं – २०४६ सालको जनआन्दोलनका कमाण्डर तथा नेपाली काँग्रेसका तत्कालीन सर्वमान्य नेता स्व. गणेशमान सिंहको शालिकमा माल्यार्पण गरिएको छ ।

 जनआन्दोलनका कमाण्डर सिंहको शालिकमा उहाँका छोरा तथा काँग्रेस नेता प्रकाशमान सिंहले माल्यार्पण गरेका हुन् । स्व. सिंहको २६औँ स्मृति दिवसको अवसरमा आज गणेशमान सिंह फाउण्डेशनले शोभा भगवतीमा आयोजना गरेको कार्यक्रममा माल्यार्पण गरिएको हो । 
नेता सिंहको २०५४ असोज २ गते देहावसान भएको थियो । सर्वमान्य नेता सिंहले जीवनको अन्त्यतिर नेपाली कांग्रेससित असन्तुष्टि जनाइ पार्टी परित्याग गरेका थिए । 

मंगलबार, ०२ असोज २०८०, १५ : ४५

प्रतिक्रिया