बर्खा यामको समय अझै सकिएको छैन , कति बेला पानी परिदिन्छ थाहा नहुनुले वा छाता बोक्न झन्झट लाग्ने भयसँगै मान्छे समस्यामा पर्ने गरेका छन् तसर्थ तपाई आज घरबाहिर निस्किँदै हुनुहुन्छ भने ख्याल गर्नुस् आज बिहीबार देशभर ठुलो पानी पर्ने भएको छ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको र बङ्गालको खाडीको उत्तर पश्चिम भागमा न्यून चापीय क्षेत्र अवस्थित रहेकोले देशभर पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले बताएको हो ।
महाशाखाका अनुसार हाल देशका सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोसी प्रदेशका अधिकांश भू-भागहरूमा सामान्य बदली रही थोरै स्थानहरूमा मेघ गर्जन र चटयाङ हल्का वर्षा भइरहेको छ भने बाँकी भू-भागमा आंशिक बदली रहेको छ ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही कोसी, बागमती, गण्डकी र लुम्बिनी र सुदूर पश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
प्रतिक्रिया