बाल सुधार गृहमा  गएराति दुई पक्षबीच झडप हुँदा १ जनाको मृत्यु, १० जना घाइते

शुक्रबार, ०५ असोज २०८०, ०८ : ३८

काठमाडौँ- बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा  गएराति दुई पक्षबीच झडप हुँदा १ जनाको मृत्यु भएको छ । झडपमा १० जना घाइते भएका छन् ।

सुधार गृहमा रहेकाहरूबीच दुई समूहमा विभाजन भई झडप हुँदा   ११ जना घाइते भएका थिए । ती घाइते मध्ये एक जनाको  मृत्यु भएको बाँकेमा प्रमुख जिल्ला अधिकारीले  बताए ।  उनले   झडपको कारण खुल्न नसेको बताए ।  

सुधार गृहका झ्यालका सिसा फुटाउँदै सुरक्षामा खटिएका प्रहरीमाथि पनि ढुङ्गा र इँटा प्रहार गरेपछि राति तनावपूर्ण अवस्था सृजना भएको स्थानीयले बताए । अहिले त्यहाँको अवस्था सामान्य रहेको उनले बताएका छन् ।

बालगृहमा तोडफोड र  झडप भएपछि रातभर प्रहरी, प्रमुख जिल्ला अधिकारी लगायतको टोली  सुरक्षा व्यवस्था मिलाउनको लागि खटिएको थियो । बाँके  प्रहरी प्रमुख सन्तोष सिंह राठोरले  घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

शुक्रबार, ०५ असोज २०८०, ०८ : ३८

प्रतिक्रिया