संघर्षशील मायालुको निधन

शुक्रबार, ०५ असोज २०८०, ०९ : २७

काठमाडौँ – कुनै बेला बर्दियाली बाघ भनेर चिनिने तत्कालीन जनवादी मोर्चाका नेता खेमराज भट्ट मायालुको निधन भएको छ । भट्ट   नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार तथा पूर्व मन्त्री  समेत थिए ।
क्यान्सर रोगको उपचाररत भट्टको बिहीबार निधन भएको हो । उनी काठमाडौँको वीर अस्पतालमा उपचाररत थिए ।  

२०५६ सालको आम निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएर केही समय सामान्य प्रशासन मन्त्रीसमेत बनेका मायालु गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेताहरुमध्ये एक हुन् । 

 जनवादी मोर्चाका उपाध्यक्ष समेत रहेका मायालुलाई बम काण्डमा दोषी ठहर गरी आजीवन कारावासको सजाय तोकिएको थियो ।  मोर्चाले गणतन्त्र नेपालको लक्ष्य राखेर २०४२ साल असारमा नारायणहिटी राजदरबार, सिंहदरबारजस्ता ठाउँमा बम विस्फोट गराएको थियो । 
 

शुक्रबार, ०५ असोज २०८०, ०९ : २७

प्रतिक्रिया