विश्वव्यापी शान्ति महोत्सव आयोजना

शुक्रबार, ०५ असोज २०८०, १२ : १२

काठमाडौं- लुम्बिनी, नेपालमा निर्माणाधीन Universal Peace Sanctuary को सहयोगका लागि आयोजित गैर नाफामूलक संस्था Universal Peace Sanctuary ले काठमाडौँ कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सुन्दर सभाकक्षमा विश्वव्यापी शान्ति महोत्सवको आयोजना गरेको छ ।

आश्विन ४ २०८० का दिन आयोजना गरिएको यस विशिष्ट कार्यक्रममा महामहिम श्याल्पा तेन्जिङ्ग रिन्पोचेको शोभायमान उपस्थिति रहेको थियो । महामहिम रिन्पोचे यस महोत्सवका आयोजक पनि हुनुहुन्थ्यो । पूर्व सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यक्रमलाई आफ्नो प्रमुख आतिथ्यताको गौरव प्रदान गर्नुभयो ।

बिहीवारको यस कार्यक्रममा मिडिया तथा कर्पोरेट क्षेत्रका प्रभावशाली व्यक्तिहरू, सरकारका उच्चस्तरीय अधिकारीहरू, सामाजिक ख्यातिप्राप्त महानुभावहरूका साथै थुप्रै सम्मानित व्यक्तित्वहरु पाल्नुभएको थियो । महोत्सवमा महामहिम रिन्पोचेले Universal Peace Movement (विश्वव्यापी शान्ति अभियान) को परिचय पनि दिनुभयो । यो अभियान शान्तिलाई युद्धको 'फेशनेबल विकल्पको रूपमा प्रस्तुत गर्दै सद्भावको संस्कृति प्रवर्धन गर्ने उद्देश्य चोकेको यो एक विशेष पहल हो ।साँझको मुख्य आकर्षण 'Mayadevi The Play of Unconditional Love' नामक नाट्य प्रस्तुति रह्यो । यो गहन प्रेम र करुणा एक मनमोहक मञ्चन थियो । यो महोत्सव युनेस्को विश्व सम्पदा क्षेत्र लुम्बिनीमा निर्माणाधीन Universal Peace Sanctuary को लागि सहयोग र सहभागिता लागि आयोजना गरिएको थियो । यस Sanctuary विश्वमा मानवता माझ शान्ति प्रवर्द्धनका लागि समर्पित एक केन्द्रका रूपमा रहनेछ । यस Sanctuary सबै पृष्ठभूमि तथा आध्यात्मिक परम्पराका व्यक्तिहरूका लागि चित शान्ति प्राप्त गर्ने एक साझा थलो हुनेछ । यही वर्षको मे महिनामा Universal Peace Sanctuary ले अमेरिकाको बेबर्ली हिल्समा यस्तै महोत्सवको आयोजना गरेको थियो । गत वर्ष नेपालमै पनि Sanctuary ले यो महोत्सव होटेल याक एन्ड एतिमा आयोजना गरेको थियो। 

शुक्रबार, ०५ असोज २०८०, १२ : १२

प्रतिक्रिया